‘पुनर्निर्माणका सन्दर्भमा यो महत्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ’, उनले सन्देशमा भनेका छन् ।
फेसबुकमा पछ्याउनुहोस्
२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
क्षति भएका घरहरूलाई पुनर्निर्माण असुरक्षित, पहिरो, बाढीका जोखिममा रहेका बस्तीहरूलाई एकीकृत रूपमा सार्ने विधि अवम्बन गरिएको उनको भनाइ थियो ।
सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विक्रम सम्वत् १९९० साल माघ २ गतेको महाभूकम्पमा परी सयौंको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो ।
त्यसयता यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।