• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      ७ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १० घण्टा अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      ११ घण्टा अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १७ घण्टा अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १७ घण्टा अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १८ घण्टा अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      १ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      २ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      २ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      २ दिन अघि

      कपिलवस्तु काे महाराजगन्ज मा हिन्दु जागरण कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्यूठान बसपार्कको उद्घाटन

      ३ दिन अघि

      हिन्दु युवा शक्ति मायादेवी द्वारा नयाँ बर्ष २०७८ साल लाई दिप प्रज्वलन गरेर स्वागत

      ३ दिन अघि

      तराईका पूर्वी जिल्लाहरूमा जुडशितल अर्थात् सिरुवा पर्व आज धुमधामका साथ मनाईंदै

      ३ दिन अघि

      राजदूत डा. विश्वकर्माले बुझाए ओहाेदाकाे प्रमाण पत्र

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै

  • रासस
  • २०७७ माघ १, बिहिबार (३ महिना अघि)
  • ११० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मन्त्रिपरिषद्को २८ साउन २०७२ को बैठकले राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण सुुरु हुने दिन पारेर नेपालमा  हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

    वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही  क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले सर्मथन गरेका थिए ।

    संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । १ माघमा मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

    आयुर्वेदलाई योगसँग जोड्न १५ चैत २०४८ देखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको छ । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

    योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ । नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो ।

    जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख पोखरेल बताउँछन् । यही शैक्षिकसत्रदेखि पढाइ सुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले बताए । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।

    विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सुरु हुन सकेको छैन । छैटौँ राष्ट्रिय योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिमा १ सय भन्दाबढी संस्थाको सहभागिता रहेको जनाइएको छ ।

    योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।  रासस

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    एकसय जना जेष्ठ नागरिक सम्मानित

    गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

    आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

    पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

    समाचार

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    एकसय जना जेष्ठ नागरिक सम्मानित

    गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९०४ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • १७७३१ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३६९२ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२४८ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑