गन्तव्यमा पुग्न सही नीति र योजना र विचारमा संगठित भएको हाम्रो पार्टी हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र कार्यान्वयन गर्न अब नयाँ शुद्धीकरण अभियान र आन्दोलन सफलतापूर्वक चलाइने छ। त्रिशुली नदीमा कुनै फोहोर फ्याँके किनारामा पुग्छ। अनि त्यो फोहोर बाहिर पुग्छ। नेपालको कम्युनिस्ट आन्दोलनका फोहोर यो आन्दोलनले किनाराभन्दा बाहिर फाल्छ। यो कोशेढुङ्गा हुनेछ।
अस्ति मात्रै पार्टी हाम्रो पार्टीको बैठकमा उपस्थित नभएकाहरूले सभा गरेछन्। सभामा एकथरीले एउटा नारा लगाए, अर्कोले अर्को नारा लगाएछन्। त्यहीँ ठाकठुक हुन थालेछ। अहिले नै यस्तो छ, वहाँहरुको दुई वटा दर्शनढुङ्गामा झल्याकझुलुकु भएजस्तो। माथिका नेताहरूको ध्यान पदमा छ। यता ९आफ्नो पक्षमा० आउनु पर्ने थियो। सुन्तला खान सुन्तला घारीतिर जान पर्ने थियो। सल्लाघारीतिर गएपछि कहाँ सुन्तला पाइन्छरु पद चाहिएको छ ठूलोठूलो तर खालीखाली ठाउँमा जानेरु
पार्टीलाई व्यापक बनाएर यो वर्ष आँधीका रूपमा ल्याउनेछौँ। राष्ट्रियतालाई मजबुत बनाउनु छ। स्वाधीनतालाई मजबुत बनाउनु छ। भौगोलिक एकता र समृद्ध नेपाल बनाउन हामी निकै अघि बढेका छौँ। नेपालको इतिहासमा उल्लेख्य टर्निङ प्वाइन्टका रूपमा रहने छ।
हाम्रा उद्देश्यहरू संकीर्ण र पारिवारिक होइनन्। बहिनी र छोरीका लागि लडेका छैनौँ। हामी देशका लागि लडेका छौँ। दिदीभाइ र देशका सन्तानको भविष्यका लागि लडेका छौँ। साथीहरूलाई म भन्न चाहन्छु, पार्टी एकता गर्यौँ। तर तीन महिनामा हुने भनेको काम तीन वर्षका किन पूरा हुन दिएनरु पार्टीले यसरी सभा गर्न दिएको थियो।
सधैको झमेला र गुटको स्थिति थियो। गएका तीन वर्ष पार्टीले देश अघि बढाउन महत्वपूर्ण काम गर्नु पर्दथ्यो तर त्यो भएन। कार्यकर्तालाई अलमलमा राखियो। असंगठनमा राखियो। बलिदान गरेका कार्यकर्ता आज समाजको पछौटेपन हटाएर समाजलाई सचेत बनाएर संगठित नभएर शिथिलतामा पुगेका छन्। समस्या कहाँ रहेछ र खिया कहाँ लागेको छरु दुई वटा नटबोल्ट फेर्दा कहाँ पुग्यो। खिला लागेका नटबोल्ट आफैँ फुक्लेका हुन्।
निर्वाचन आयोगबाट मैले एउटा पत्र प्राप्त गरे। यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली हो भनेर दाबी गर्नलाईरु यो पेडा पसल होइन। पार्टी हाम्रो हो। हामी नै असली हौँ भनेर निवेदन दिएको हिजो मलाई जानकारी दिएको छ। जसको घर हो ऊ निवेदन हाल्न जान पर्छरु जसको जमिन र गाडी हो ऊ जान पर्दैन। पार्टीको विधान र नियमावली र कानुन अनुसार पार्टी सञ्चालन गरिहेका छन्। भेट्नु कुहिएर झरेका दुई फलहरूले रुख मै हुँ भनेर दाबी गर्नेरु बैठकमा आउनुस भनेका छौँ। पुष्पकमल दाहालाई अध्यक्षमा राखेका छौँ। माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौँ।
पेरिसडाँडामा अहिले पत्रकार सम्मेलन हुँदैछ। यति गते यहाँ जाने, वहाँ जाने भनेका छन्। सिसीमा औषधि जम्मा गर्नेले पनि अलीअली मान्छे जम्मा गर्छ। टाउँको दुखेको, पेट दुखेको औषधि भनेर अब रत्नपार्कमा जम्मा गर्ने वहाँहरूको हालत हो। वहाँहरुको एजेन्डा देश होइन। संविधानको रक्षा होइन। यो सब भन्ने कुरा हो।
नयाँ नक्सा छापेर संविधान संशोधन गरेकोमा उहाँहरुलाई पीडा छ। सपना कत्रो देखेकोरु कार्की ब्याकेटमा गएर केपीओलीलाई निकाल्दियौँ भनेर भन्नु भएछ। निर्वाचन आयोगमा पत्र पठाउनु भएछ। निर्वाचन आयोगका आयुक्त कति दिन हास्नु भयो
हामीले किन प्रतिनिधिसभा विघटन गर्न पर्योरु किनभने त्यहाँ जति काम गर्न सकिन्थ्यो त्यो गर्न दिइएन। सरकारले जे काम गरेको थियो त्यो प्रचारित हुन पाएन। कतिसम्म भने धरहरा केपी ओलीले होइन, इन्जिनियरले बनाएको रेरु डकर्मीले हो, मैले सम्झाएको छु। श्रमजीवीले बनाउने हो नेतृत्व कसले गर्यो भन्ने हो। मैले उद्घाटन गरेको रानीपोखरी त्यति लामो समयसम्म किन बनेनरु फेरि फर्केर म आएपछि रानीपोखरी बन्यो।
अस्ति धराहराको २२ तलाबाट काठमाडौँ यस्तो देखिन्छ भनेर फोटो आएको थियो। मैले पनि देखेँ। उहाँहरूलाई भएको काम पनि भयो भन्न नसक्नेरु देख्दा छातीको साइज उस्तै छ तर चित्तरु राम्रो कामको प्रचार भएन। जनताले थाहा पाएनन्।
यसबीचमा धेरै काम भएको छ। विश्व चकित हुने गरी भएको छ। विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशमा नेपाल परेको छ। विश्वभर नेपालको चर्चा हुने गरेको छ। अहिले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम कण्ठै छ। अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो नाम सुनिन थालेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ुसुखी नेपाली र समृद्ध नेपालुको नाराको प्रशंसा गर्नु भएको छ। चीनका राष्ट्रपतिले पनि सही गन्तव्य भन्नु भएको छ। तर प्रचण्ड र माधव नेपालले यो राष्ट्रिय आकांक्षाबारे बोल्नु भएको सुन्नु भएको छरु बरु ढुङ्गो बोल्ला उहाँहरु बोल्नु हुन्न। किनकी यसको जस, श्रेय कसैलाई जान्छ कि भन्ने उहाँहरूलाई छ। मलाई श्रय चाहिएको छैन। नेपाली जनता भोकै बस्ने अवस्थाको अन्त्य हुन पर्यो।