जाजरकोटमा ब्रेक फेल भएर जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सुर्खेतदेखि जाजरकोटको गर्खाकोट जाँदै गरेको भे१त १९९४ नम्बरको जीप छेडागाड नगरपालिका-६, राहदेउमा आज बिहान १० बजेतिर दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।
दुर्घटनामा चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ का २८ वर्षीय रमेश थापा, जीपमा सवार जाजरकोट जुनिचाँदे गाउँपालिका-५ की ३१ वर्षीया बिन्द्रा शाही, सोही ठाउँकी ३८ वर्षीया लक्ष्मीकुमारी थापा, ३३ वर्षीय मानबहादुर बस्नेत, ३१ वर्षीया राधिका शाही, विकाश बस्नेत, २२ वर्षीया भविसरा शाही र उनका एक वर्षीय छोरा विकाश शाही घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरूको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।