पाल्पा ।। सामाजिक कार्यमा सकृय रहेको सस्था श्रीनगर युवा रेडक्रस राम्दिकाे गुरूकुल आश्रमका विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण एवम खाधान्न सहयोग गरेको छ । कार्यक्रमको प्रमुख अतिथि महिला नेतृ समाजसेवी सुनीता अधिकारी युवाहरूकाे जमात रहेको सस्था युवा रेडक्रस सर्कल पाल्पाले जाडोकाे समयमा अाश्रमका विद्यार्थीहरूलाई न्यानाे कपडा एवम खाधान्न वितरण गरि पुण्यकाे काम गरेको बताउदै अागामी दिनमा यस्तै सामाजिक काममा निरन्तरता दिन समेत अार्गह गर्नु भयाे । कार्यक्रममा वर्षा पाण्डे , सृजना पाण्डे,सचिन सिलवाल ,बर्षा पाण्डे लगाएतको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा गुरुकुल धामका ४४ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरीएको थियो । कार्यक्रम सस्थाका अध्यक्ष सुवास गैरेकाे अध्यक्षता र कृष्ण अर्यालकाे सञ्चालन भएको थियाे ।