पाल्पा ।। लामाे समय देखि सामाजिक काममा सकृय रहेको सस्था राेट्याक्ट क्लब अफ पाल्पा तानसेनकाे अायाेजनामा १ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । क्लबले अाफ्ना पदाधिकारी तथा सदस्यहरूकाे नेतृत्व र व्यक्तितब विकास गर्ने उधेश्यले तालिम सञ्चालन गरेको जनाएको छ । तालिम समापन पश्चात् बाेल्दै सस्थाका अध्यक्ष विनाेद भारतील राेट्याक्ट क्लब स्वार्थ भन्दा माथी रहेर निरन्तर स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विगतका दिनमा काम गरेता पनि अहिले क्लबले सदस्यहरूलाई थप उर्जा प्रदान गर्न तालिमले महाेत्वपुर्ण भुमिका खेल्ने बताउन भयाे । कार्यक्रमका प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष निजाम दिन मियाले तालिम अत्यन्तै उपयोगी रहेको र अागामी दिनमा सामाजिक कामकाे साथसाथै यस्तै खालका तालिमहरू सञ्चालन गर्नु पर्ने कुरामा जाेड दिनु भयाे । तालिमकाे सहजीकरण क्लब अध्यक्ष विनाेद भारती र क्लवकी राेटरी ईन्टग्याक्ट काेडीनेटर कलावती दाहालले गर्नु भएको थियाे । तालिम क्लबकी सहसचिव सुदिप्ता पराजुली र तालिम संयाेजक दाेणचार्यकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।