बाग्लुङ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने सहितको टोलीले शनिबार बरेङ गाँउपालिकाका ३ सामुदायिक स्वास्थ्य ईकाई स्थापनार्थ निशुल्क उपलब्ध जग्गाको निरिक्षण गरेको छ ।
ग्रामिण भेगका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाको वडा न १ धुल्लुबास्कोटको लुग्रुङ,लिउवा र गडेलमा स्थापना गर्न लागेको स्वास्थ्य ईकाईको भबन निमार्णको लागी उपलब्ध गराईएको जग्गाको प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने ,साहयक प्रमुखजिल्ला अधिकारी उपेन्द्र राज पौडेल ,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु ,मालपोत कार्यलय र नापि कार्यलयका प्रमुख सहितको टोलीले निरिक्षण गरेको हो ।
निरिक्षणको क्रममा प्रमुखजिल्ला अधिकारी न्यौपानेले जग्गादाताले निशुल्क उपलब्ध गराएको जग्गा असाध्यै मिलेको र स्वास्थ्य सस्थाका लागी अतिनै उपयुक्त भएको बताउनु भएको छ ।
सुनौ यो कुराकानी …..
स्वास्थ्य सस्था जस्तो पबित्र सेवा पु¥याउने सस्थाका लागी निशुल्क जग्गा उपलब्ध गराउने नागरिकको प्रसन्सा गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त हुनेमा ढुक्क हुन प्रमुख जिल्ला अधिकारीको आग्रह छ ।
निरिक्षणको क्रममा बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले आफ्ना नागरिकलाई सहज स्वास्थ्यसेवामा पहुच पु¥याउन लागीपरेको बताउनु भयो । सबैभन्दा ठुलो दान जग्गा दान भएको बताउदै स्वास्थ्य सस्था निर्माणका लागी निशुल्क जग्गा उपलब्ध गराउने सबै नागरिकलाई बिशेष धन्यबाद दिनुभयो ।
जिल्ला प्रसाशन कार्यलयका प्रमुख हरुको आवागमनले बरेङको बिकास निर्माण र सेवा प्रबाहमा सकारात्मक उर्जा प्रदान गरेको पालिकाका प्रमुख प्रषाशकिय अधिकृत रमेश थापाले बताउनु भयो ।
त्यस्तै न्यौपानेले बरेङ बजारको समेत अनुगमन गर्नुभएको छ अनुगमनको क्रममा भरखरै निर्माण सम्पनन भएको पिच बाटोमा जथाभाबि निर्माण सामाग्री राखेको , पसलमा जथाभाबि पेट्रोलियम पदार्थहरु राख्दा जुनसुकै बेला दुर्घटना हुने जोखिम भएको भन्दै तत्काल त्यसको ब्यबस्थापन गर्न निर्देशन दिएको बताउनु भयो ।
शनिबार स्वास्थ्य ईकाई निर्माणका लागी उपलब्ध जग्गाको निरिक्षण बरेङ आउनु भएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने र साहयक प्रमुख जिल्ला अधिकारीले बरेङ गाँउपालिकाको काम काज तथा सेवा प्रबाहबारे छड्के चेकजाँच गर्नुभएको छ ।
चेक जाँचको क्रममा पालिकाका अधिकांस कर्मचारी नियमित उपश्थित देखिएपनि कतिपय कर्मचारी हरुले नियमित हाजिर नगरेको ,बिदास्वीकृत नगराई बिदामा बसेको तथा फिल्डमा जाँदा पनि हाजिर नगर्ने गरेको पाईएको छ । नियमित कार्यलयमा उपश्थित नहुने र हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टीकरण सोध्न साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले प्रमुख प्रषाशकिय अधिकृत रमेश थापा लाई निर्देशन समेत दिनुभएको छ ।
स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क रुपमा जग्गा दान गर्ने भूमा पाध्यानी, छिमा देवी पाध्यानी, तेज नारायण शर्मा र नन्द बहादुर थापालाई प्रमुख जिल्ला अधिकारी न्यौपानेले अबिर माला लगाई सम्मान गर्नु भएको थियो । निरीक्षण र जग्गा पास भए पछि तत्कालै भवन निर्माण कार्य थालिने अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भयो ।