शुध्दोधन ।
शुद्धाेधन गाउ पालिका काे राजधानी मानपकडी स्थित प्रदेश स्तरीय सःसर्त तीस लाखकाे लागतमा भगलापुर माध्यामिक विद्यालयकाे चारकाेठे भवन सिलन्यास कार्यक्रम शनिबार सम्पन्न भएको हो।
लुम्बिनी प्रदेसका सभासद तुल्सि चाैधरीकाे प्रमुख अाथितित्यमा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि चौधरीले बोल्दै विद्यालयकाे शैक्षिक गुणस्तरमा यस भवनकाे निर्माण काेसेढुँगा हुने बताए। यस विद्यालय शिक्षाकाे गुणस्तर वृद्धिका लागि सबै लाग्नु पर्ने र यस क्षेत्र कै नमुना विद्यालय बनाउनु पर्ने बिधालय व्यवस्थापन समितिका तर्फ संकेत गर्दै तपाइहरु राम्राे याेजना ल्याउनुहाेस म यस विद्यालयकाे लागि अावस्यक वजेटकाे कमि हुन दिने छैन भनि प्रतिबद्धता जनाउँदै र यस कार्यका लागि प्रदेश सरकारले साथ र सहयाेग रहने र शैक्षिक क्षेत्र का विषेश गरि ध्यानाकर्षण गरेकोे सभासद चौधरीले बताए।
शुध्दाेधन वडा नः५ का वडा अध्यक्ष पुन्नेराम गौतमले यश सामुदायिक विद्यालय लाई गुणस्तरीयता तर्फ लैजान का वडा कार्यालयले पनि विषेशगरि ध्यानाकर्षण गर्दै आएको र बिधालयमा भएको कमीकमजोरीकाे पनि निगरानी वडा कार्यालय तथा गाउ पालिकाकाे कार्यालयले गरेको र भवन निर्माणकार्य मा केही सहयोग गर्नुपरेमा आफू सदेव त्तपर रहने गौतमले बताए ।
साे शिलान्यास कार्यक्रममा बिधालयका प्र अ , शिक्षक र बिधालय व्यवस्थापन समितिका पदअधिकारी बुद्धिजीवी राजनीति दलका प्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माेति थापाकाे अध्यक्षतामा र बिद्यालयका प्रअ कृष्णप्रसाद भुसालको संचालनमा साे कार्यक्रम सम्पन्न भएको थियो।