अर्घाखाची ।
नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले वैशाखमा हुने संसदको निर्वाचन रोक्न सक्ने तागत कसैमा नभएको बताउनुभएको छ ।
हिजो भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटी द्वारा आयोजित विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा देशभर देखिएको भारी जनमत बाट प्रचण्ड , नेपाल समूह अत्तालिएर संसदको पुनस्थापना भन्दै रोईकराई गरेको आरोप लगाउनुभयो ।
संबैधानिक ,व्यवहारीक र अन्तर्राष्ट्रिय हिसाबले पनि प्रतिनिधिसभाको पुनस्र्थापना हुन नसक्ने भन्दै प्रतिनिधिसाभा पुनःस्थापनाको दिवासपना नदेख्न आग्रह गर्नुभयो । उहाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको बताउनुभयो।
आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड , नेपाल समुहको चरम पदलोलुपता ,बैचारिक बिचलन र अधैर्यताका कारण पार्टी बिभाजन भएको उहाँको गुनासो थियो ।