बुटवल,२४ पुस ।
नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति रूपन्देहिले परिषद्को २३औं स्थापना दिवसको अवसर पारेर आज मणिग्राम रहेको सरस्वती संस्कृत विद्यापीठ ( क्याम्पस ) मा रहेको पुस्तकालयलाई विभिन्न ज्योतिषका पुस्तकहरू प्रधान गरेकोछ । परिषद्का रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रेले क्याम्पसका ज्योतिष विभाग प्रमुख गुरु नारायण प्रसाद पोख्रेललाई उक्त पुस्तकहरू हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा पोख्रेलले ज्योतिष परिषद्ले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै शुभकार्यमा लागिरहन शुभकामना समेत दिनुभएको थियोे ।
परिषद् रूपन्देही अध्यक्ष डुम्रेले परिषद्का माध्यमबाट विगत देखिनै आफुहरूले ज्योतिष सम्बन्धि प्रशिक्षण कार्यक्रम ,पुस्तक प्रदान कार्यक्रम लगायत विभिन्न कार्यक्रम गर्दै आएको बताउदै नेपाल ज्योतिष परिषद्को २३ औं स्थापना दिवस अवसरमा परिषद्का सम्पुर्ण सदस्यहरूलाई शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष विकास पौडेल , सचीव रामकृष्ण चापागाईं, सदस्यहरू अर्जुन भुसाल , त्रिभुवन न्यौपाने लगायत विद्यापीठमा अध्यापन गराउने गुरुहरु र विद्यार्थीहरुको समेत सहभागिता रहेको थियोे ।