काठमाडौं :- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक नगर्न आग्रह गरेको छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) ४०३ पुगेको छ । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो । मौसमविद् डा. ऋषिराम शर्माले पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो–अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको हो ।
वायु प्रदुषणको मात्रा अत्यधिक बढेकाले स्वास्थ्य सावधानी अपनाएर मात्र बाहिर निस्कन विज्ञ तथा चिकित्सकले आग्रह गरेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दिक्षितले वायु प्रदुषण बढेकोले आज र भोलि घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।