बुटवल,२१ पुस।
अहिले सामाजिक सञ्जाल ,युट्युब ,टिकटकमा भाइरल गुल्मीका ९ वर्षीय सचिन परियारको पहिलो गित”ओठ खोलेर “नेपालको युट्युब ट्रेडिङको शिर्ष स्थान अर्थात
ट्रेडिङ एकमा परेको छ।तीन दिन अगाडि सार्वजनिक भएको गीतले मंगलबार यो खबर तयार पार्दा सम्म १६ लाख २८ हजार भन्दा बढी ‘भ्युअर्स’ प्राप्त गर्दै ट्रेङ्गिङको शिर्ष स्थान कब्जा गरेको हो ।यस्तै गीतमा अहिलेसम्म १ लाख ६ हजार लाइक , ५ हजार५ सय भन्दा बढी कमेन्ट र ३ हजार १ सय डिसलाइक पाएको छ।
“ओठ खोलेर”बोलको गीतमा सचिन परियार सङ्गै अर्की भाईरल लाईभ दोहोरि बाल गायिका रबिना बस्याल,गायक अर्जुन कुवर र अश्मिता बुढाथोकीको स्वर रहेको छ।
गणेश अधिकारीको शब्द सृजना रहेको उक्त गीतको संगीत तथा एरेन्ज महेन्द्र भण्डारीको रहेको छ।
गुरुआमा स्मिृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा करिश्मा ढकाल, एलिना रायमाझी,अर्जुन कुवर र सबिन क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ भने साथमा बाल कलाकार सचिन परियार र रबिना बस्यालको पनि अभिनय देख्न पाइन्छ।
सविन क्षेत्रीले लगानी गरेको गीतमा सुरेन्द्र श्रेष्ठको छायांकन ,प्रकाश धमलाको सम्पादन रहेको छ।