काठमाडौं,१६ पुस ।
टिपरको ठक्करबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल रहेका छन् । थानकोटबाट कंलकी जाँदै गरेको टिपरले उनीहरुलाई ठक्कर दिएको हो । लामा र गमालको शरीर क्षतविक्षत भएको छ ।
बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिदा दुवैको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।