• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १८, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      ७ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      ८ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      ९ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      ९ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      ९ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      ९ घण्टा अघि

      नागेश्वर मन्दिरमा शिवरात्रीका लागि प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

      १० घण्टा अघि

      पाथरपानी महिला उद्दमद्वारा एक होर्नियाको बिरामी विद्यार्थिलाई सहयोग प्रदान

      १० घण्टा अघि

      बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

      १५ घण्टा अघि

      सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

      १५ घण्टा अघि

      नवलपरासीको दुम्कौलीमा दुई ट्रक्र एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु

      १६ घण्टा अघि

      पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

      १७ घण्टा अघि

      पूर्वप्रधानमन्त्री डा. भट्टराई ट्युमरमा क्यान्सर नभएको एकिन, आज स्वदेश फर्किँदै

      १७ घण्टा अघि

      लुम्बिनीमा टिप्परको ठक्करले पाँच गाईको ज्यान गयो

      १८ घण्टा अघि

      होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १८, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / धर्म संस्कृति

    देशभर उधौली पर्व मनाइँदै

  • बुटवल दैनिक
  • २०७७ पौष १५, बुधबार (२ महिना अघि)
  • १२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौँ, १५ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।

    किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ ।

    किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

    भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

    लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

    वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताउनुभयो ।

    उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला ९भूमे० लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

    • #उधौली पर्व

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

    रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

    किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

    प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

    पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

    समाचार

    पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

    रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

    किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

    बुटवल दैनिक बिशेष

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि मतदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०५ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७७ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑