• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ५ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    प्रचण्ड-माधव समूहले अदालतलाई विश्वास गर्ने, सडक संघर्ष नछोड्‍ने

  • बुटवल दैनिक
  • २०७७ पौष १४, मंगलबार (२ साल अघि)
  • ५७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नेकपा प्रचण्ड-माधव समूहले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष जारी राख्ने भएको छ । सर्वोच्च अदालतलाई फैसलाका लागि सहजीकरण गर्ने हिसाबले आफ्नो आन्दोनल हुने तर्क गर्दै नेताहरूले अदालतप्रति विश्वास रहेको बताएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    राजधानीमा त्यस समूहले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्दै अदालतलाई संसद् पुनर्स्थापनाको पक्षमा फैसलाका निम्ति आफ्नो समूहको आन्दोलनले सहजीकरण गर्ने बताएका छन् ।

    सभालाई सम्बोधन गरेका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र योगेश भट्टराईले संसद् पुनर्स्थापित नभएसम्म सडक संघर्ष जारी राख्ने उद्घोष गरेका छन् ।

    विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चका न्यायमूर्तिहरूले जनताका पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । आफ्नो आन्दोनले सही फैसलाका निम्ति सहजीकरण मात्र गरेको उनको भनाइ छ।

    ‘अदालतमा विद्वान् न्यायमूर्तिहरू हुनुहुन्छ । कसैको दबाबमा नपरी उहाँहरूले जनताका पक्षमा फैसला गर्नुहुन्छ भन्ने मेरो विश्वास छ । अदालतप्रति मेरो भरोसा छ । यो आन्दोलन अदालतलाई दबाब दिन होइन सही फैसलाका लागि सहजीकरणका निम्ति हो,’ उनले भने ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उनले संसद् पुनर्स्थापित नभएसम्म संघर्ष जारी राख्ने बताए । ‘अहिले प्रतिनिधिसभा विघटन भएको होइन्, ओलीको सरकार विघटन भएको हो । तर, यो प्रतिगमनकारी निर्णयविरुद्ध संघर्ष गर्नेपर्छ संसद्‍लाई पुनर्स्थापित गर्नैपर्छ । म सबैलाई आन्दोनलमा सहभागी हुन अपिल गर्दछु,’ प्रचण्डले भने ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा संसद् विघटनको प्रावधान नरहेकाले अदालतले संसद् पुनर्स्थापित गर्ने विश्वास गरे । ‘संविधानको व्याख्यता सर्वोच्च हो संविधानमा संसद् विघटनको प्रावधान नै नरहेकाले अदालतले संसद् पुनर्स्थापित गर्छ भन्ने विश्वास छ,’ नेता नेपालले भने ।

    यस्तै, उनले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी निर्णयविरुद्धको आन्दोलन अझै सशक्त बनाउनुपर्ने र संसद् पुनर्स्थापित नभएसम्म सडक संघर्ष जारी राख्नुपर्ने मत राखेका छन् । जनता सडकमा उत्रिएकाले ओलीको निरंकुश प्रवृत्तिको आयु धेरै नरहेने उनको भनाइ छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑