नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको समूह तानाशाही गुट भएको आरोप लगाएका छन् । राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै खनालले यस्तो आरोप लगाएका हुन् ।
आधिकारीक नेकपा आफ्नै समूह रहेको दाबी गर्दै खनालले सूर्य चिह्नसमेत आफ्नै समूहको रहने बताए । ‘बालुवाटारमा भेला भएका समूह तानाशाही गुट हुन् । आधिकारिक नेकपा हामी नै हौँ । सूर्य चिह्न हाम्रै हुने छ,’ खनालले भने ।
ओलीले जनताको जनादेशमाथि घात गरेको खनालको भनाइ छ । ओलीले पार्टीलाई भर्याङ मात्रै बनाएको खनालको तर्क छ । ‘ओलीले पार्टीलाई पदमा पुग्ने भर्याङ मात्रै बनाउनुभयो । सत्ता प्राप्तिपछि उहाँले पार्टीलाई बिर्सनुभयो,’ उनले भने ।
ओली परिस्कृत हुने विश्वाससहित प्रधानमन्त्री बनाए पनि तानाशाही बन्दै उनले पार्टी तथा जनतालाई धोका दिएको खनालको आरोप छ ।