१४ पौष , तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा तमु ल्होसार, उधौली पर्व , धान्य पुर्णिमा,योमरी पुन्ही , ज्यापु दिवसको सुखद अवसरमा पौष १५ गतेका दिन दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल द्वारा हस्ताक्षरित सुचाना प्रकाशन गर्दै नगरकार्यपालिकाले तमुहरुको पर्व ल्होसार, उधौली पर्व , धान्य पुर्णिमा,योमरी पुन्ही ,ज्यापु दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले आज एक बिज्ञप्ति प्रकाशित गरी नगरपालिका र मातहतका कार्यालय, बिषयगत शाखा कार्यालय तथा विद्यालयहरुमा पुस १५ गते सार्बजनिक बिदा दिएको जानकारी गराएको छ ।
प्रमुख प्रसासकिय अधिकृत पौडेलले सबै जातजाति, भाषाभाषीको सम्मानमा नगरपालिका द्वारा दिईने स्थानिय बिदा मध्ये पौष १५ लाइ समेत स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो। प्रमुख प्रसासकिय अधिकृत पौडेलले यस दिन सबै जाति तथा स्थानियहरुले आ आफ्नो परम्परा अनुसार पर्व मनाउनेमा आशा ब्यक्त गर्दै सो अवसरको शुभकामना समेत दिनुभयो। अघिल्ला बर्षहरुमा तिलोत्तमा नगरमा तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषदले बृहत कार्यक्रम गर्दै यो पर्व मनाउदै आएको छ।