बुटवल , पौष १३
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगितामा सोमबार पाल्पा -११ पाल्पा भर्सेस नव युवा खेलकुद तथा सास्कृतिक परिवार ढुटिपिपल बिच प्रतिस्पर्धा भएको थियोे ।सम्पन्न प्रतियोगितामा पाल्पा -११ पाल्पाले ६-० गोलको अन्तरले नव युवा खेलकुद तथा सास्कृतिक परिवार ढुटिपिपललाइ पराजित गरि जित हासिल गरेको थियोे ।म्यान अफ द म्याच घोषित पाल्पा -११ पाल्पाका जर्सी नम्बर २५ का सुस्मित केसिलाइ फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
मंगलवारको खेल सम्पूर्ण युवा क्लब सुपौली भर्सेस फुलबारी गायज बुटवल बिच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।