• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      ९ घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      १० घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २१ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि

      गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

      १ दिन अघि

      रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    भलिबल प्रशिक्षक सुदेश रिमालको निधन

  • बुटवल दैनिक
  • २०७७ पौष ११, शनिबार (२ महिना अघि)
  • ९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

    टाउकोमा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए । उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहनुभएको थियो । पछिल्लो समय रिमाल खेलकुद विज्ञान प्रतिष्ठानको निर्देशकका रूपमा कार्यरत थिए ।

    रिमाल प्रशिक्षकका रूपमा निकै सफल रहेको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउछन् । ‘रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ,’ अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ ।

    भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट प्रशिक्षक रिमाललाई नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तिका रूपमा लिन्छन् । ‘नेपालको भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पुर्‍याउन प्रशिक्षक रिमालको महत्वपूर्ण योगदान रहेको छ,’ उनले रिमाललाई स्मरण गर्दै भने । राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने प्रशिक्षक भट्ट बताउँछन् ।

    पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए । खेलाडी काठमाडौंभन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्छ भन्ने प्रशिक्षक रिमालको मुख्य माग थियो ।

    प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरको थिए । राखेपबाट एनआइस कोर्स गरेका रिमाल उत्कृष्ट हुनुभएपछि २०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए । उनले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु कोर्स’ गरको थिए । रिमालले २०४७ सालमा नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको सुरुवात गरेका थिए ।

    श्रीलङ्कामा सम्पन्न १०औँ सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक थिए ।  सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । उक्त प्रतियोगितामा उहाँले ऐतिहासिक रजत पदक दिलाएका थिए ।

    बाह्रौँ सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा महिलाबीच भलिबल टोलीले १३औँ सागमा कास्य पदक प्राप्त गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले आज बिहान राखेपमा श्रद्धाञ्जलिसभाको आयोजना गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । रासस 

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

    संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

    समाचार

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    पत्रकार ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑