बुटवल, पुस ९ । बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन्, आफ्नाे आर्थिक र भाैतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।
यस्तै मालारानी ३,अर्घाखाँची निवासी गुनानिधी पाेख्रेलले भने आफ्नो छोरी बिपना पाेख्रेलकाे जन्मदिनको अवसरमा ५ लाखको बाल भविष्य जीवन बीमा प्रदान गरेका छन् ।
सिटिजन जीवन बीमा कम्पनीको सिटिजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा पाेख्रेलले बताइन् । बुबा गुनानिधी पाेख्रेल भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ “।