बुटवल, पुस ६ । कुनै पनि अभिभावकका लागि संसारमा सबैभन्दा प्रिय केही छ भने त्यो सन्तान हो । त्यसैले त सन्तानको सुखका लागि हरेक अभिभावक हरदिन, हरपल संघर्षरत, प्रयत्नरत र सोचमग्न हुन्छन् । सामाजिक सुरक्षाअन्तर्गत पर्ने स्वास्थ्य र शिक्षा नेपालमा धेरै महँगो छ । तर, यसका लागि पहिल्यैबाट योजना बनाउन सकिन्छ । त्यस्तो योजनामा साथ दिन बालबालिकाको खासगरी उच्च शिक्षामा सहयोग पुग्ने गरी जीवन बिमा कम्पनीहरूले विभिन्न बिमा योजना सञ्चालनमा ल्याएका हुन्छन ।
यस्तै तिलोत्तमा ३ निवासी व्यापारी प्रेम प्रसाद डुम्रेले भने आफ्नो छोरी प्रमिसा डुम्रेकाे जन्मदिनको अवसरमा पुस २ गते १० लाखको बाल भविष्य जीवन बीमा प्रदान गरेका छन् ।
सिटिजन जीवन बीमा कम्पनीको सिटिजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गतकाे याेजना हाे । बुबा प्रेम डुम्रे भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहारमा जोड दिए अब्बल हुन्छ “।
बीमाले जीवनमा आइपर्ने विभिन्न जोखिमहरुलाई व्यवस्थापन गर्नका लागि मद्दत गर्दछ । जीवनको मुख्य शत्रु भनेकै यसमा आइपर्ने अनिश्चितताहरु हुन् र तिनै अनिश्चितताहरुको सामना गर्नका लागि बीमाले सहयोग गर्दछ ।
जीवन बीमा योजनाहरू, अवधि बीमा, स्वास्थ्य बीमा वा सवारी बीमाको महत्त्वका बारेमा सबैले बुझ्नुपर्दछ। मानिसहरू जहिले पनि पछाडिको दृश्यहरुमा ध्यान नदिई उनीहरूले बीमाका लागि तिर्नुपर्ने रकममा मात्र जोड दिन्छन् । त्योभन्दा, आफ्नो र आफ्ना बालबालिकाको जीवनलाई बीमाले सुरक्षित गर्नुहोस् र यसका लाभहरुलाई महसुस गर्न बिमा कम्पनी हरू सुझाव दिन्छन् ।