कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहले सरकारि गाडीमा घाँस बोकेका छ्न। प्रहरीले गाडीभित्र घाँस फेला परेपछि नियन्त्रणमा लिएको हो ।
सभापति सिंह चढ्ने कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट शनिबार घाँस बाेकेर आउँदै गर्दा सुब्बाकुनामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबारको दिन त्यसमा पनि सरकारी गाडीले घाँस बोकेर आएको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सभापति सिंहले गाडी आफ्नो छोरालाई नेपालगंज विमानस्थल पुर्याउन गएको र आफु सुर्खेतस्थित पश्चिम बराहतालको बड्डीचौरमा भएको जानकारी दिए । ‘गाडी छोरालाई पुर्याउन शनिबार विहान गएको थियो म योजना आयोगको गाडीमा बड्डीचौर आएको छु ’ उनले भने, ‘बाटोमा फर्किदा ड्राइभरले घाँस बोकेर ल्याएको हुनसक्छ ।’
प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि सरकारले गाडी प्रदान गरेकाे हो ।