• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

      ८ मिनेट अघि

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      २४ मिनेट अघि

      कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      २७ मिनेट अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      ४३ मिनेट अघि

      मृतक परिवारलाई सहयोग

      ५४ मिनेट अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      २ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      २ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      ३ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      १९ घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      १९ घण्टा अघि

      सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ

      २० घण्टा अघि

      ललितपुर फर्सिडोलमा पुरूषको शव फेला, पहिचान खुल्न सकेन

      २० घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    सहिदको चिठी।

  • बुटवल दैनिक
  • २०७७ पौष ४, शनिबार (१ महिना अघि)
  • ११७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    आँखै अगाडि
    आमाको सिन्दुरसंगको
    नाता दुर भएको हो
    बा को अन्तिम संस्कार
    गर्न नपाएको
    म असंस्कारी छोरा
    मलाइ थाहा छ
    मेरा बा अब फर्केर आउँदैनन्
    नेताजी अब
    यो पनि भनिदिनुस कि
    मेरा बा को मृत्यु
    हजुरको जिन्दगी परिवर्तन
    गर्न मात्रै भएको हो ?

     

    हजुरले गरेको बन्दमा
    एम्बुलेन्स मै बन्द भएर
    गर्भवती मेरि दिदिको प्राण गयो
    मेरा जस्तै हजारौं दिदिका
    आमा बन्ने सपना
    चकनाचुर बनाएको
    हजुरको बन्दको
    सपना साकार भयो त ??
    देशमा परिवर्तन लिएर आउँछु
    भनेर सोह्रबर्षे भाउजू छोडेर
    दाइ हिडेको आज
    सोह्र बर्ष नै भयो
    मेरा दाजुभाउजुको
    प्रेमकथा मेटाएको
    हजुरको आन्दोलनको
    कथा पनि कतै
    मेरो दाइभाउजुको प्रेमकथा जस्तै
    अधुरै त छैन होला नि ??

     

    कापीकलम खोलामा
    बन्दुक हाल झोलामा
    भन्ने नारासंगै लिएर गएको
    मेरो भाइ आज कुन झोलामा
    कुन कुनामा फालिएको छ
    जानकारी दिन सक्नुहुन्छ ??
    हिजो लालसलाम भन्न
    एकजुट गराएका हातहरु
    हजुरको गरिबी बेपत्ता पार्न मात्रै
    जुटाउनु भएको थियो ??

    छोराहरु श्रीमानहरु
    आफन्तहरु र सपनाहरू गुमाएका
    मजस्तै हजारौं युवाहरु
    एकपटक फेरिएको शासन र
    नफेरिएका शासक फाल्न
    त्यसैगरी एकजुट हुनुभन्दा पहिला
    तपाइहरु आन्दोलनको
    सपना र सहिदको सम्झना गर्नुहोस
    दम्भ र घमण्डको राजनीति कति र
    कहिलेसम्म चल्छ नेताजी ??
    युद्धमा मारिएका
    मेरा बा को रगत हो म
    शान्त छु तर
    कमजोर छैन सम्झिनुहोला
    आफ्ना सन्तान र सिंदुर गुमाएकी
    मेरि आमा सहिदको
    पूरा नभएको
    सपना पूरा गर्न
    बाँकी छोराहरुको रगत बगाउन पनि
    तयार हुनेछिन।

     

    हामिसंग देश छ हामी देशलाई छातिमा
    बोकेर हिड्छौं
    आवस्यक पर्छ भने छातिको लागि
    ज्यान पनि दिन्छौं
    समय छ नेताजी एकपटक हिजोको
    द्वन्द सम्झिएर अबको कदम
    अगाडि बढाउनु होला
    सहिदको सपना पूरा गर्न
    अझै अरु सहिदहरु हुनु नपरोस
    देश देशजस्तै होस
    नेता शासक होइन साथिजस्ता हुन
    सहिदको सपना पूरा गर्ने चाहना
    कहिले कमजोर नहोस
    सहिदको सपना जस्तै देश बनोस ।। – राहुल

    • #सहिदको चिठी

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

    हात्ती मिलेपनी देशको बर्बादी , लडेपनी देशको बर्बादी

    सुन्दर जीवनको १० मनछुने भनाईहरु

    एउटा भुसिया कुकुरको मनभरीको पीडा र सङ्घर्ष : रचना

    हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

    नेपालीको साझा पर्व माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

    समाचार

    ‘निफ्रा’ को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवल दैनिक बिशेष

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑