बुटवल ।राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ मा पार्टी कार्यालय समुद्घाटन एवं वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीकि नेत्री सैनामैना नगर अध्यक्ष आदरणिय दीदी भिम कुमारी गैरे(मुआ) को अध्यक्षता तथा केन्द्रिय सदस्य नवीन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ,बिशिस्ट अतिथी राप्रपा के.स. राजेन्द्र पाण्डे,अतिथी राप्रबिसं के.स.अमृत पाण्डे,अतिथि राप्रपा नगर नेता इश्वरी घिमिरे साथै बोलबम धामका पुजारी नागा बाबा तरवर गिरि ज्यु लगायत अन्य साथिहरुको उपस्थिति थियो। राप्रबिसं रुपन्देही जिल्ला सदस्य बिक्रम अर्यालले कार्यक्रम संन्चालनमा सम्पन्न भएको थियो।कार्यक्रममा बोल्ने बक्ता प्रमुख अतिथी नवीन पौडेलले देशको माटोबाट जन्मेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निति तथा सिद्धांत राष्ट्र जोगाउने बुटि भएकोले सम्पूर्ण नेपालीले साथ दिनु पर्नेमा जोड दिनु भयो।अर्का बक्ता के.स. राजेन्द्र पाण्डेले अब सैनामैना राप्रपा मय हुनेमा ढुक्क हुन आग्रह गर्नु भयो।तेस्तै अर्का प्रखर बक्ता राप्रबिसं के.स.अमृत पाण्डेले राष्ट्र जोगाउन हामी युबाको काँधमा जिम्मेवारी आएकोले एक थोपा रगत रहुन्जेल लडिरहने तथा राप्रपाको नितिमा अडिक हुन पाएकोमा आफुलाइ गौरबान्दित बनाएको बताउनु भयो। राप्रपाको यो अभियान सैनामैनाका सबै ओडामा छिट्टै सक्ने के. स.नवीन पौडेलले बताउनु भएको छ।