कपिलवस्तु , २ पुष ।
कपिलवस्तु काे प्रतिनिधि सभा २ का प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले अहिलेसम्म जुनसुकै पार्टीको सरकार अा अाेस कपिलवस्तुलाई पछि पारे को छ । उनले भने कि म संसद हुनु भन्दा पहिले याे क्षेत्रमा संसद थिएनन् थिए तर किन कपिलवस्तु पछि छ । गाैतम बुद्धलेे २९ बर्ष विताएका ठाउँलाई सरकारले किन नेपाललाई चिनाउन सकेन अनि विश्व मा कपिलवस्तुलाई कसरी चिनाउछ । तपाईहरु हेर लिनु न प्रदेश काे राजधानी कपिलवस्तु किन हुन सकेनन् कपिलवस्तुलाई राजधानी बनाउनुको सट्टा दाङमा बनेयाे । कपिलवस्तु बासी खुसी छैनन् । बुद्ध संग जाेडिएका धेरै काेटहरु छन कपिलवस्तु मा सम्भावना धेरै छ तर सरकारले चासाे देखाएको छैन अखिर किन ? कपिलवस्तु पर्यटन विकास समितिको राहत कोष स्थापना कार्यक्रममा उहाँले यस्तो बताउनु भएको छ ।
प्रकृतिक विपत्ती तथा राहत कोष स्थापना
कपिलवस्तु पर्यटन विकास समिति कपिलवस्तुले प्रकृतिक विपत्ती तथा राहत कोष स्थापना गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौरीमा आयोजित एक कार्यक्रमका बिच कपिलवस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र खनालले प्रकृतिक विपत्ती तथा राहत कोष स्थापना भएको बताउनु भएको छ । अध्यक्ष खनालले आफै कोषमा २५ हजार ५ सय ५ रुपैयाको चेक राहत कोषका संयोजक लक्ष्मि भण्डारीलाई हस्तानतरण गरेका थिए ।
कार्यक्रममा ३ जनालाई सम्मान पनि गरिएको छ । सहित्यिक क्षेत्रमा योगदान पुर्याएबापत हरिराज शार्मा, फोटोबाट जिल्लाको पर्यटकिय स्थाललाई सबै माझ प्रचारप्रसार गरेको बृजेश कुमार जयसवाल, त्यस्तै बाल गाईड राहुल सहानीलाई सम्मान गरिएको समितिका अध्यक्ष खनालले जानकारी दिनु भएको छ ।