बुटवल, पुस २ । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाकी एजेन्सी म्यानेजर सुना बस्नेतले आफ्नो ममतामयी माता स्व. विष्णु माया बस्नेतको चाैथाे वार्षिक पुण्य तिथिको अवसरमा अनाथहरुलाई खाना खुवाउनु भएको छ ।
अनाथ बालबालिकाहरुलाई अभिभावकको भूमिका निर्वाह गर्दै माया र साथ प्रदान गर्दै आएको कोटिहवा स्थित नेपाल अविनाश अनाथ आश्रममा पुस २ गते बिहीबार उक्त भोजन भएको थियो ।
कार्यक्रममा सुनाले आफ्नो स्व. आमालाई सम्झिदै भावुक हुँदै, आमाले सिकाएको सही बाटो र सहयोगको भावना सधैँ मनन गरेको बताइन्।
आश्रमका सञ्चालकले अनाथ बालबालिकाहरुलाई खाना खुवाएर आफ्नोपन र माया प्रदान गरेकोमा खुसी व्यक्त गरे ।