विजयनगर ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको अन्तर्गत सञ्चालित छन्द काले बाबु नारायणी अस्पतालको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टि संघ (NABP) को आर्थिक सहयोगमा जनप्रतिनिधिका लागि सञ्चालित आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्तरक्रिया कार्यक्रम विजयनगर गाउँपालिकामा सम्पन्न भएको छ ।
छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासनीक समितिका संयोजक सारदा चौधरीको अध्यक्षता, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता, नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति तथा केन्द्रीय सदस्य कृष्ण कुमार गिरीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रिया समग्र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले गरेको गतिविधिको बारेमा कार्यक्रमका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी गराउनुभयो ।
साथै उहाँले नेपाल अधिराज्य भरिका नेत्रज्योति संघ अन्तर्गत रहेका आँखा अस्पतालहरु तथा आँखा उपचार केन्द्रको बारेमा जानकारी गराउँदै सन् २०१० मा भएको अन्धोपन सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै विजयनगर गाउँपालिकामा रहेका दृष्टिविहीनताको अवस्था बारे जानकारी गराउनुभयो ।
सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले योजना बनाएर आँखा अस्पतालमा सहकार्य गरी छन्दकाले बाबु नारायाणी आँखा अस्पतालको स्तरउन्नतिका लागि विजयनगर गाउँपालिकामा रहेको अन्धोपन न्युनीकरण गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी कुमार गिरी नेपाल नेत्रज्योति दाङ शाखाका सचिव सुरेन्द्र बहादुर खड्का, गाउँपालिका वडा १,२,३ का वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
४० जना जनप्रतिनिधिको सहभागिकतारहेको उक्त कार्यक्रममा छन्दकाले बाबु नारायणी आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जनप्रतिनिधिहरुलाई आधारभूत आँखा स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्रशासकीय अधिकृत जसराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त तालिमको सञ्चालन कार्यक्रममा सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।