बुटवल, ०१ पुष ।
अन्तिम फाउन्डेसन नेपालले दिर्घकालिन साेचका साथ अनाथ,असाहाय तथा विपन्न बालबालिकाकाे लागि निशुल्क शिक्षा अभियान संचालन गरेको छ । अभियान सम्पन्नको लागि संस्थाले सहयोग अभियानलाई पनि निरन्तरता दिएको छ
सैनामैना नगरपालिका वडा ५ का सामाजिक अभियान्ता तथा योगदान राष्ट्रको लागि रूपन्देही संस्थापक अध्यक्ष मेघराज अर्याले यस अभियानका लागि आफ्नो जन्मदिनको अवसरमा नगद रु ३००० सहयोग प्रदान गरेका छन ।
आइकोनिक युथ अफ सैनामैनाका संस्थापक अध्यक्ष, इस्टु सैनामैनाका संस्थापक अध्यक्ष, इस्टु रुपन्देही का सह-सचिव, सुनगाभा पब्लिक स्कुल संयोजक समेत रहि सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका समाजसेवी अर्यालले फाउन्डेसनलाई जन्मदिनको अवसरमा सहयोग प्रदान गरेका हुन ।
जनताका आशाका केन्द्र तथा समाजसेवी मेघराज अर्यालले अाफ्नाे जन्मदिनको शुभ अवसर पारि यस संस्थाका सल्लाहकार सुशिल पाण्डेलाई सहयोग रकम प्रदान गरेका हुन ।