• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      २ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    तिलोत्तमा नगरपालिकामा संचालित पुरुष भलिबलको उपाधि वडा नम्बर ४ लाई

  • बुटवल दैनिक संवाददाता
  • २०७७ मंसिर ३०, मंगलबार (२ साल अघि)
  • ७६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल ३० मंसिर ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । मंगलबार भएको फाइनलमा वडा नम्बर २ लाई ३–२ सेटमा पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो ।
    उपाधिसँगै वडा नम्बर ४ ले नगद ५० हजार, गोल्डमेडल तथा प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको वडा नम्बर २ ले ३० हजार नगदमा चित्त बुझाएको छ ।
    त्यस्तै मंगलबारै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा वडा नम्बर ८ ले वडा नम्बर १ लाई ३–२ सेटले हराएको छ । उसले नगद २० हजार हात पारेको छ ।
    प्रतियोगितामा विधागत बेस्ट डिफेन्सतर्फ वडा नम्बर ४ का शिवराज गलामी, बेस्ट सर्भर वडा नम्बर २ का प्रेमबहादुर भण्डारी, बेस्ट सेटरमा वडा नम्बर ४ का प्रकाश फाल, बेस्ट स्पाइकरमा वडा नम्बर २ का एलिस थापा, बेस्ट ब्लकर वडा नम्बर १ का वेष्टर्न थापा, बेस्ट प्लेयर वडाद नम्बर ४ का सुरज खत्री र सबैभन्दा अनुशाषित खेलाडीमा वडा नम्बर ८ का दिपेश थापा घोषित भएको नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।
    नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको हो । प्रतियोगितामा विजेतालाई नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
    प्रतियोगिता समापनका अवसरमा वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल, यसैगरी गर खेलकूद विकास समिति सदस्य दिपक खनाल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने दिपक खनालले जानकारी दिए ।
    यसैबीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।
    यसैगरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिए ।
    यस्तै वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए । स्वास्थ्यका लागि खेलकूद ः राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑