• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १५, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

      १ घण्टा अघि

      नेपाल नियमित रक्तदाता संघ रक्तदान

      १ घण्टा अघि

      लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

      १ घण्टा अघि

      छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

      १ घण्टा अघि

      बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

      २ घण्टा अघि

      गुल्मीमा रिडर्स सिङगिङ स्टार २०७७ को उद्घाटन

      ३ घण्टा अघि

      ३९ औं मगर एकता दिवस तथा प्रथम महोत्सव सम्पन्न [फोटो फिचर]

      ३ घण्टा अघि

      बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण ।

      ४ घण्टा अघि

      नेपाली मगरहरुले ३९ औ मगर दिवस मनाए

      ५ घण्टा अघि

      लियो क्लब अफ भलवारी सिटीले दोस्रो चरणको युवा नेतृत्व विकास सम्मेलन गर्दै

      ५ घण्टा अघि

      गुल्मी दरबार गाउँपालिकाको सातौ गाउँसभा सुरु

      १० घण्टा अघि

      बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रामग्राम नगरपालिका

      १३ घण्टा अघि

      कपिलवस्तुमा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न

      १३ घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

      १ दिन अघि

      पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १५, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    यस वर्ष ‘भर्चुअल’ किम्फ, पाँच दिनमा ३० वटा फिल्म देखाइने

  • बुटवल दैनिक
  • २०७७ मंसिर २८, आईतबार (२ महिना अघि)
  • ८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौं संस्करण ‘भर्चुअल’ रूपमा आयोजना हुने भएको छ। यो वर्षको किम्फमा ३० वटा चलचित्र देखाइनेछ। २५–२९ मंसीरमा हुने फेस्टिभलमा १५ मुलुकका १८ वटा चलचित्रहरू प्रदर्शनका लागि छानिएका हुन। त्यसबाहेक ‘नेपाल पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइनेछन्।

    फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन गरिने यी फिल्महरू भिमिओमा किम्फको वेबसाइटमार्फत हेर्न सकिनेछ।
    अन्तर्राष्ट्रिय चलचित्रहरूमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रीडाकर्महरू समेटिएका छन् भने नेपाल पानोरामामा फेरि एकपटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ।यसपटक किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ र अंग्रेजीमा ‘अगेन्स्ट डिस्पेयर, टूवार्डस् होप’ भन्ने रहेको छ। अहिले कोरोनाको महाव्याधिले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येय यस नारामा प्रतिबिम्बित भएको छ।

    किम्फ २०२० को उद्घघाटन विख्यात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्गस एन्ड अमुस्ट्याचु’को प्रदर्शनबाट हुनेछ। यस चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो। उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन्। डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरूमाझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ। दिवङ्गत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ।

    यसैगरी कोभिड–१९ र बन्दाबन्दीबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शनपछि तिनबारे फिल्मका वास्तविक पात्र तथा कोभिड विशेषज्ञहरूमाझ छलफल र विमर्श गरिनेछ।

    यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन्।निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनोट गर्नेछ। अन्तर्राष्टिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ।

    अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रू. २ लाख, रू. १ लाख ५० हजार र रू.१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। उक्त पुरस्कार राशि क्रमशः नेपाल पर्वतारोहण संघ, हिमालयन इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (हिम्फ) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराइएको हो।

    उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशि क्रमशः रू. १ लाख र रू. ७५ हजार रहेको छ। पुरस्कार रकम क्रमशः मिला प्रोडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराएको हो। किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नामक विश्व संस्थाको सक्रिय सदस्य रहेको छ। यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरू सदस्य रहेका छन्। यस वर्ष धेरै मुलुकका माउन्टेन फिल्म फेस्टिभलहरूले कोभिड–१९ का कारण भर्चुअल फेस्टिभलहरू गरिरहेका छन्।

    फेस्टिभलमा देखाइने चलचित्रहरूले यसअघि झै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक विषयहरूतर्फ दर्शकहरूको ध्यान आकर्षित गर्ने आयोजक समितिले विश्वास लिएको फेस्टिभेल निर्देशक रम्यता लिम्बुले बताएकी छन्।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    नेपाल नियमित रक्तदाता संघ रक्तदान

    लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

    छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

    बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

    गुल्मीमा रिडर्स सिङगिङ स्टार २०७७ को उद्घाटन

    समाचार

    देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    नेपाल नियमित रक्तदाता संघ रक्तदान

    लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

    छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

    बुटवल दैनिक बिशेष

    नेपाल नियमित रक्तदाता संघ रक्तदान

    लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

    ३९ औं मगर एकता दिवस तथा प्रथम महोत्सव सम्पन्न [फोटो फिचर]

    नेपाली मगरहरुले ३९ औ मगर दिवस मनाए

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२३ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९१ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८७ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑